सरकारले थाल्यो सबै नेपालीको बैंक खाता अभियान : ‘समृद्धिसँग जोडौँ नाता,सबै नेपालीको बैंक खाता’

काठमाडौं: सरकारले सबै नेपालीको बैंक खाता अभियानको थालनी गरेको छ । नयाँ राष्ट्रिय अभियानको सुरुवात अन्तर्गत यो अभियान थालनी गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाइमा नयाँ वर्ष २०७६ को पहिलो दिन सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीका लागि बैंक खाता खोल्ने अभियानको सुरुवात गरेको हो।

सो अभियानको शूरुवात गर्दै प्रधानमन्त्री ओलीले १०० वर्षीया जमुना गुरुङ लगायत ५५ जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य बीमाको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । प्रधानमन्त्री ओलीका बुबा र प्रधानमन्त्रीकी श्रीमती राधिका शाक्यकी आमाको नाममा खाता खोलेर अभियान थालनी गरिएको हो । सबै नागरिकलाई बैंक खाता अभियानको राष्ट्रिय वाणिज्य बैंकमा प्रधानमन्त्री ओलीका बुबा मोहन ओली र प्रधानमन्त्रीकी श्रीमती शाक्य, श्रीमती शाक्यकी आमा धनमाया शाक्यको नाममा जनही १०० रुपैयाँको निशुल्क खाता खोलेर सुरुवात गरिएको हो। यो अभियानको नारा भने ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ रहेको छ।


प्रकाशित | १ बैशाख २०७६, आईतवार १२:४१