एनआरएनए हङकङद्धारा कोरोना पीडितको लागि सहयोग आह्वान

हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले कोरोना पीडितको लागि सहयोग आह्रवान गरेको छ । एनआरएनए हङकङ अध्यक्ष राधिका गुरुङ (टिका) ले एक बिज्ञप्ति जारी गर्नुहुँदै हङकङबासी नेपालीलाई सहयोगको लागि आह्रवान गर्नुभएको हो ।

संकलीत सहयोग एनआरएनए आइसिसीमार्फत नेपाललाई प्रदान गर्न र हङकङका नेपालीलाई आपत्तकालीन कोष खडा गरिने अध्यक्ष गुरुङले जानकारी गराउनुभयो ।

अध्यक्ष गुरुङले संकटको बेलामा आआफनो ठाउँबाट सकेको सहयोग गरिदिन आग्रह गर्नुहुँदै कोरोना भाइरसबाट बच्न आवश्यक सावधानी अपनाउन समेत अपिल गर्नुभएको छ ।


प्रकाशित | १७ चैत्र २०७६, सोमबार १५:०३