स्पेनमा कोरोनाको संक्रमण फैलिनुका मुख्य कारण र नेपालले सिक्नुपर्ने पाठ

भोला लामिछाने

उत्तरी ईटालीको बेर्गामा रहेको एटलान्टा फुटबल टिमसग च्यापियन्स लिग फुटबल खेल्न स्पेनको भ्यालेन्सिया शहरमा रहेको भ्यालेन्सिया फुटबल टिम उत्ररी ईटालीको बेर्गा शहरमा गएको थियो । चिन ईरान ईटाली लाई कोरोना भाईरसले गाजीसकेको र दुनीया संक्रमणलाई रोक्न विभिन्न उपाय अपनाउँदा पनि स्पेनमा रहेको उक्त भ्यालेन्सिया फुटबल टिम बिना दर्शक खेल खेल्ने निर्णय सहीत च्याम्पियन्स लिग खेल्न ईटाली हानीयो । त्यहा पुगेपछी खेल त भयो तर स्टेडियम बाहीर हजारौ दर्शकहरू टिमको समर्थनमा उपस्थित भए जो कोरोना बाट संक्रमित थिए , खेल सकीयो सबै बाहीर रहेको दर्शकको भीड छल्दै आ आफ्नो घर तिर लागे । त्यो समयमा त्यहा बाट बाहीरिने कसैलाई पनी परिक्षण गरिएन पुरै यूरोप भरी यिनीहरू जहां जहां गए सगै कोरोना भाईरस पनी लगे । स्पेन सरकारले यो सहभागी टिमलाई उच्च सर्तकतासाथ परिक्षण गर्नु पर्ने र क्वारेन्टाईनमा राख्नु पर्ने थियो तर यसो गर्न चुके ।

त्यसपछी गएको मार्च ८ मा हजारौ सहभागी भव्य जुलुस निकालीएको थियो जुलुसमा पार्टीको तर्फबाट सम्मेलनमा सहभागी भएका नेताहरु लगायत स्पेनमा रहेका उच्च सरकारी अधिकारीहरु समेत संक्रमित हुन पुगे यसरी स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी पत्नी बेगोना गोमेज, मन्त्री इरिने मेन्तेरो, पूर्वसभामुख अना पास्तोर कोरोना भाइरसबाट संक्रमित भएको समाचारहरू आए उनीहरु सबै आठ मार्चको दिन आयोजना गरेको जुलुसमा सहभागी भएका थिए। त्यसैगरी स्पेनमा दक्षिणपन्थी दल बोक्सका प्रमुख सान्टियागो आवास्कल विभिन्न राज्यका मुख्यमन्त्री र उप मुख्यमन्त्रीहरु कातालोनियाका मुख्यमन्त्री र उपमुख्यमन्त्री मड्रिडका मुख्यमन्त्री समेत संक्रमित हुन पुगे ।

मार्च १ बाट १० सम्म भ्यालेन्सीया शहरमा ठूलो पर्व हुन्छ। फाइसाय भनिने यो पर्वलाई युनेस्कोले पनि सूचीकृत गरेको छ। यो पर्वमा बाटोमा सेल रोटी जस्तो खानेकुरा बनाएर बेचिन्छ। प्रत्येक चोकमा मूर्ति बनाउने हुन्छ। दिउँसो २ बजे पटका पड्काइन्छ। हाम्रो काठमाडौमा घोडेजात्रा जस्तै मान्छेमाथि मान्छे भएर हेर्छन्। यो मेलामा ७५ प्रतिशत पर्यटक इटलीबाट आउँछन्। मार्च १० आएर मात्रै यो पर्व रोकियो। त्यसबाट पक्कै पनि धेरै मानिसमा संक्रमण फैलिएको छ। इटलीबाट जति पनि पर्यटक आए, तिनको कुनै जाँच भएको थिएन।

फेब्बुअरी १२ तिर भ्यालेन्सिया शहरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पहिलो व्यक्ति नेपाल घुमेर आएको भनिएको थियो तर उनको मृत्युको बारेमा लामो समयसम्म सूचना समेत लुकाइयो । त्यतीबेला सम्म पनी रमिता हेरेर बसेको स्पेन सरकार त्यसको परिणाम अहिले भोग्दै छ ।

पछी गएको शनीबार एक्कासी स्पेन सरकारले उर्दी जारी गर्र्दै १५ दिनका लागी सबै घरबाट ननिस्कन भन्यो पुरै स्पेन लक डाउन भयो , जतीबेला जनताहरू माक्स किन्न समेत भ्याएका थिएन्न । खानेकुरा, औषधि लिन वा बैंक जानु पर्‍यो भने मात्रै बाहिर निस्कन पाइन्छ। आदेश कार्यान्वयन भएको छ कि छैन भनेर हेर्न सरकारले सेना परिचालन गरेको छ। आदेश उल्लंघन गरे अवस्था हेरेर ६ हजारदेखि ३ लाख युरोसम्म दण्ड हुनेछ । रेस्टुरेन्ट , डिस्को, स्कुल, कलेज, सिनेमा, खेल, जिम सबै बन्द गरिएको छ। खानेकुराको पसल, चुरोट बेच्ने पसल खुला छ। चिठ्ठा बेच्ने पसल पनि धेरै भीड हुने ठाउँ भएकाले बन्द गरिएको छ।नेपाली पाकिस्तानी ईन्डियन बंगालीका केही सुपर मार्केट हरू अटेरी गरेर खोलेका छन् यसको परिणाम भयावह हुनेछ।

स्पेनमा नेपाली समुदायको बाक्लो बस्ती रहेको बार्सिलोना, म्याड्डीड , पाईस भास्को, बेनीड्रम, कानेरीया, पाल्मा , मालागा भ्यालेन्सीया गिरोना मा रहेका नेपालीहरूमा अहिले सम्म कोरोना संक्रमण भेटीएको छैन । स्पेनको नेपाली दूतावासले सूचना निकालेको छ। दूतावासले गर्नुपर्ने आवश्यक काम भए काजगातहरु हुलाकबाट पठाउन भनेको छ। त्यस बाहेक अन्य कुनै प्रकारका काम गरेको छैन।नेपाली समुदाय पनी डर त्रासमै छन् ।

आजका मिती सम्म स्पेनमा १४७६९ मा संक्रमण भएकोमा ६३८ जनाको मृत्यू भै सकेको छ । संक्रमीतको संख्या र मृत्यू हुनेको संख्या दिनानुदिन तिब्र गतिले बढ्दै गएको छ। कोरोना बाट बच्न सबै जना यो समयमा स्पेन सरकारको हुकुम अनुसार अर्को सुचना नआएसम्म आफ्नो सरसफाईका साथ घरमा नै बस्नु उत्तम हुनेछ ।


प्रकाशित | ६ चैत्र २०७६, बिहीबार १७:२६