एनआरएनए स्पेनको अध्यक्षमा शालिकराम डुम्रे विजयी,कसको कति मत ?

बार्सिलोना- गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनको अध्यक्षमा शालिकराम डुम्रे विजयी हुुनु भएको छ । अध्यक्षका प्रत्यासी उत्तरकुमार राईलाई १५५ मतान्तरले पराजित गर्दै डुम्रे अध्यक्षमा विजयी हुनु भएको हो । डुम्रेले १ हजार १८ मत प्राप्त गर्नु भयो भने राईले ८६३ मत प्राप्त गर्नु भयो ।

त्यस्तै, आईसीसी सदस्यमा दिनेश कुमार गिरी विजयी हुनु भएको छ । गिरीले १ हजार २ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । साथै प्रकाश तिमिल्सिना पनि आईसीसी सदस्यमा विजयी हुनु भएको छ । उहाँले ९५६ मत प्राप्त गर्नु भयो । अर्का प्रत्यासी यज्ञ नारायण पौडेलले (रमेश) ८६९ मत प्राप्त गर्नु भएको छ ।

यस्तै, खुल्ला उपाध्यक्ष तर्फ सोनु रावतले १ हजार ४६ मत ल्याउँदै निर्वाचित हुनु भयो । उपाध्यक्षमा कृष्णराम रानाभाट ९६६ मतका साथ विजयी हुनु भयो भने अर्का प्रत्यासी भुप्रेन्द्र कुमार श्रेष्ठले ७२२ मत प्राप्त गर्नु भयो ।

महिला उपाध्यक्षमा सृजना लामिछानेले १ हजार १५४ मत प्राप्त गर्दै विजयी बन्नु भयो । अर्का प्रत्यासी कमला बरालले ६३३ मत मात्र प्राप्त गर्नु भयो । क्षेत्रीय उपाध्यक्षमा रोशन पाठकले ९ सय ३९ मत ल्याई विजयी बन्नु भयो । प्रत्यासी महेश्वर घिमिरे (भान्जा) ले ८४० मत प्राप्त गर्नु भयो ।

महासचिवमा बिदुर गौतम १ हजार १४ मत ल्याउँदै निर्वाचित हुनु भयो भने उहाँको प्रत्यासी ध्रुव भट्टले ७५२ मत मात्र प्राप्त गर्नु भयो । सचिव (खुल्ला तर्फ) मा अरुण घिमिरेले १ हजार १७१ मतका साथ र नारायण भट्टराई (एन.के) ले ८५५ मत प्राप्त गर्दै विजयी हुनु भयो । अर्का प्रतिस्पर्धी केबिन्द्र शाहीले (के.बी) ले ७ सय २८ मत प्राप्त गर्नु भयो ।

कोषाध्यक्षमा सन्त बहादुर क्षेत्री ९३३ मत मत ल्याउँदै निर्वाचित हुनु भयो । उहाँको प्रत्यासी शिव प्रसाद गौतमले ८१६ मत प्राप्त गर्नु भयो ।

त्यस्तै, युवा संयोजकमा मनुश जंग खड्काले ९७३ मत ल्याई विजयी हुनु भयो भने उहाँको प्रतिद्वन्दी दिपेन्द्र गजुरेलले ७७४ मत प्राप्त गर्नु भयो । म्याड्रिड क्षेत्रबाट सचिव पदका लागि सुन्दरी लामाले ९७८ मत मत ल्याउँदै निर्वाचित हुनु भयो भने उहाँको प्रत्यासी सनिषा गुरुङले ८०० मत प्राप्त गर्नु भयो ।

निर्वाचन समितिका अनुसार २ हजार १९ पञ्जीकृत सदस्यहरु रहेको स्पेनमा १ हजार ९०४ जनाले अनलाईनमार्फत मतदान गरेका छन् । कुल मतदाता मध्ये ९४ दशमलव ३ प्रतिशत मतदानमा सहभागि बनेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै, एनआरएनए स्पेनमा सह-कोषाध्यक्षमा शिवप्रसाद पौडेल र महिला संयोजकमा देवी कुमारी भण्डारी, क्षेत्रगत सचिवमा पाइसभास्कोबाट दिपेन्द्र प्रकाश अर्याल, ग्रान कानरियाबाट दिपेन्द्र श्रेष्ठ निर्विरोध भइसक्नु भएको छ । साथै कोष्ट़ाब्याङ्का क्षेत्रबाट भने १ जना सचिव पछि मनोनित गरिनेछ ।

कार्यसमिति सदस्यमा इमा सापकोटा भट्ट,कमल पराजुली,जमुना देवी शर्मा, प्रकाश पुरी र डिल बहादुर थापा पनि यसअघि नै निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।

यस्तो बन्यो नयाँ कार्यसमिति

आईसीसी सदस्यहरु :

– दिनेश कुमार गिरी

– प्रकाश तिमिल्सिना

अध्यक्ष :- शालिकराम डुम्रे

उपाध्यक्ष (खुल्ला) :– सोनु राउत र कृष्णराम रानाभाट

उपाध्यक्ष (महिला) :– सृजना लामिछाने

उपाध्यक्ष (क्षेत्र) :– रोशन पाठक

महासचिव :– बिदुर गौतम

सचिव (खुल्ला) :– अरुण घिमिरे र एन.के. भट्टराई

सचिव (ग्रान कानारिया क्षेत्र) :– दिप श्रेष्ठ

सचिव (पाईस भास्को क्षेत्र) :– दिपेन्द्र अर्याल

सचिव (म्याड्रिड क्षेत्र) :– सुन्दरी लामा

कोषाध्यक्ष :- शन्त बहादुर क्षेत्री

सह-कोषाध्यक्ष :- शिब प्रसाद पौडेल

महिला संयोजक :- देवी कुमारी भण्डारी

युवा संयोजक :- मनुश जंग खड्का

सदस्यहरु:-

– ईमा सापकोटा भट्ट

– जमुना देवी शर्मा

– प्रकाश पुरी

-कमल पराजुली

– दिल बहादुर थापा


प्रकाशित | १२ श्रावण २०७८, मंगलवार ०७:५०