हावाको झोँका अँधेरी रातमा.. (भिडियो )

काठमाडौं : रामकृष्ण ढकालले हावाको झोँका अँधेरी रातमा.. सार्वजनीक भएको छ । युवा कवि हेम प्रभासले कान्तिपुर फिल्म एकेडेमीमा एकवर्षे निर्देशनको कोर्ष गरेपछि हेम सर्ट फिल्म तथा म्यूजिक भिडियो निर्देशन गर्नुभएको हो । आधा दर्जन भन्दा सर्ट फिल्मको निर्देशन गरिसक्नुभएको प्रभासले कविताको दृश्य भिडियो वनाएर प्रयोग समेत गर्नुभएको छ ।

हेमको आफ्नो पाँचौ म्यूजिक भिडियोको निर्देशन गर्नुभएको छ । हावाको झोँका अँधेरी रातमा बोलको यो गीत विकाश थापाले लेख्नुभएको छ । गीतमा विकास थापाको शब्द,सन्तोष श्रेष्ठको संगीत रहेको छ। गीतलाई रामकृष्ण ढकालले गाउनुभएको छ। गीतका एरेञ्जर देवेन्द्र नेवा हुनुहुन्छ । रेकर्डीङ तथा मिक्सिङ भने प्रकाश मिश्रले गर्नुभएको छ ।

एकोस्टीक नेपालमा गीत रेकर्डिङ गरिएको हो। गीतको भिडियो मुकेश हुँमागाईले खिच्नु भएको छ । कविता तोलाङगीले श्रृंगार गर्नुभएको हो । दृश्य सम्पादन राजेश कुमारले गर्नुभएको छ । वरिष्ठ अभिनेता सरोज खनाल, रीमा केसी, सुजन थापा, सविना आचार्य, अनन्त सिग्देल, तिलक गौतम एवं संगीतकार सन्तोष श्रेष्ठको समेत फिचरिङ छन्। डिजिटल क्रिएशनको प्रस्तुती यो गीत आरव प्रोडक्सनबाट निर्माण गरिएको हो।


प्रकाशित | ३० चैत्र २०७५, शनिबार २०:३७