सुनको मूल्य एकैदिन १३ सयले घट्यो, तोलाको ९५ हजार ४ सयमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा १३ सय रुपैयाँले सस्तिएको छ । बुधबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार ९५ हजार चार सयमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबारका लागि तेजाबी सुनको प्रतितोला भाउ ९४ हजार ९ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ । यस्तै बिहीबारको तुलनामा चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले सस्तीएको छ । हिजो १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १३ सय ३० रुपैयाँ कायम भएको छ ।


प्रकाशित | २३ पुष २०७७, बिहीबार १५:२८