एनआरएनए भिक्टोरिया राज्य समितिद्वारा सल्लाहकारहरुको चयन

सुशील चालीसे /मेलबर्न

एनआरएनए भिक्टोरीयाको हालै बसेको बैठकले सन् (२०१९-२०२१) को लागि भिक्टोरीया राज्य समितीको सल्लाहकारहरु मनोनीत गरेको छ । एनआरएनए अस्ट्रेलिया उपाध्यक्ष तथा भिक्टोरियाका को-अर्डिनेटर प्रेम कंडेलको प्रस्ताबमा भएको सल्लाहकारहरुको मनोनयनलाई एनआरएनए अष्ट्रेलियाका एनसिसि मेम्बरहरु हेम दुलाल, हरि खड्का, शिशिर बासकोटा, भिक्टोरिया राज्य समितिका महिला कोअर्डिनेटर काजल किरण, युवा कोअर्डिनेटर बबिन मिश्र लगाएत भिक्टोरिया समितिका सदस्यहरुले सर्बसम्मतबाट पारित गरेका थिए ।

एक महिला सहित १५ जनाको सल्लाहाकार समितीमा न्याभका अध्यक्ष तारा गैरे लगायत गणेश पौडेल, सुनील मैनाली, लाल प्रसाद कण्डेल, आत्मा रिजाल, गणेश अधिकारी, रिता पन्त, बम गुरुङ, शंकर थापा, लोकराज पौडेल, महेन्द्र कार्की, निराजन गौली, प्रकाश सेढाई, सचीन योण्जन र बुद्दी सापकोटा रहनु भएको  एनआरएनए भिक्टोरीयाका सचिव नारायण कटुवालले दिनु भएको थियो ।

एनआरएनए भिक्टोरियाका सचिब कटुवालले चयन भएका सल्लाहकारहरु भिक्टोरियाका विभिन्न संघ संस्थामा क्रियासिल हुनुका साथै नेपालीहरुका माझ चिरपरिचित रहनु भएका र एनआरएनए भिक्टोरियालाई उचित सल्लाह प्रदान गर्दै समितिले आयोजना गरेका हरेक गतिविधिमा सहयोग पुर्याउदै आउनुभएको छ र आगामी दिनहरूमा पनि उचित सल्लाह, सहयोग पुर्याइ समितिको कार्यलाई अघि बढाउन मद्दत पुग्ने बिश्वास रहेको बताउनु भएको थियो ।


प्रकाशित | २६ फाल्गुन २०७६, सोमबार १२:२२