कैलाश विकास बैंकले रत्नचोक टोल विकास संस्थालाई वितरण गर्यो ३५ थान डस्टबिन

काठमाडौं : कैलाश विकास बैंक लिमिटेडले पोखरामा डस्टबिन बितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरादायित्व अन्तर्गत पोखरा महानगरपालिका–७ रत्नचोक कास्कीमा रहेको रत्नचोक टोल विकास संस्थालाई ३५ थान डस्टबीन वितरण गरिएको हो ।

पोखरा महानगरपालिका–७ का वडा अध्यक्ष रामचन्द्र बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकका कर्मचारी र स्थानीय जनताको सहभागिता डस्टबीन वितरण गरिएको हो । स्वास्थ सफा सुन्दर पोखरा महानगरको अभियानमा थप टेवा पुग्नुका साथै पैदल यात्रीलाई समेत फोहर व्यवस्थापन गर्न मद्दत मिल्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

यसैगरी आगामी दिनहरुमा सामाजिक सेवाका कार्यहरु गर्दै जाने प्रतिबद्धता कैलाश विकास बैंक लिका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले जानकारी दिनुभयो । बैंकको हालसम्म शाखा संख्या ९२ पुगेका छन् भने एटीएम संख्या ३४ पुगेका छन् । निकट भविष्यमा देशका विभिन्न ५ स्थान शाखा सञ्चालन गर्ने तयारी गरिरहेको बैकले जनाएको छ ।


प्रकाशित | १९ चैत्र २०७५, मंगलवार १४:३१