कोरोनाबारे सचेत रहने हो, तर्सने होइन: गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोनाभाइरस संक्रमणबाट सचेत रहनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको प्रस्ताव गर्दै सांसद थापाले भन्नुभयो, ‘कोरोनाभाइरस सचेत रहने हो तर्सने होइन, ‘हामीलाई तयारीका लागि अहिले गोल्डेन पिरियड छ । हाम्रोजस्तो तयारीका लागि समय अरू देशले पाएन ।’

उहाँले सुझबुझपूर्ण ढंगले सतर्कता गर्नुपर्ने बताउदै भन्नुभयो, ‘सुझबुझपूर्ण तयारी गरौं। सरकारले जे जति काम गरेको छ, म प्रशंसा गर्छु, ‘छरपष्ट होइन एकजुट भएर तयारीमा जुटौं ।’

टेकुस्थित शुक्रराज ट्रफिकल अस्पतालबाट मान्छे भागेको समाचार आएको भन्दै थापाले आइसोलेसन बेड राम्रो बनाउनुपर्ने बताउनुभयो। उहाँले खालि होटल, विद्यालयलगायतलाई आइसोलेसन बनाउन सकिने बताउनुभयो ।

संसदमा थापाले राखेको सार्वजनिक महत्वको प्रस्तावलाई कांग्रेस सांसद दिब्यमणिराज भण्डारी, राजेन्द्र केसी, नारायण खड्का समर्थन गर्दै छलफलमा भाग लिनुभएको थियो ।


प्रकाशित | २३ फाल्गुन २०७६, शुक्रबार १६:०८