गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको कार्यालय स्थापना

सिड्नी ।  गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले मेलवर्नमा कार्यालय स्थापना गरेको छ । अस्ट्रेलियाका सङ्घीय सांसद पिटर खलिल र एनआरएनएका प्रमुख संरक्षक शेष घलेले एनआरएनए कार्यालयको संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।

कार्यालय उद्घाटनमा गर्नुहुँदै लेवर पार्टीका सङ्घीय सांसद पिटर खलिलले एनआरएनएको कार्यालय स्थापनाले अस्ट्रेलियाको नेपाली समुदायलाई थप सहयोग पुग्ने विश्वास ब्यक्त गर्दै गर्नुभयो ।

पूर्व अध्यक्ष समेत रहनु भएको शेष घलेले गैर आवासीय नेपालीको अभियानले एनआरएनएको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेलेकोमा प्रंशसा गर्नुभयो ।

अस्ट्रेलियामा स्थापना गरिएको नेपालीहरुको यो पहिलो कार्यालय हो । यहाँ अहिलेसम्म नेपाली समुदायको कुनै कार्यालय स्थापना गरिएको छैन । कार्यालय सबै नेपालीले गर्व गर्न लायक बनेको छ । कार्यालयलाई सबै नेपाली संघ संस्था तथा गैर आवासीय नेपालीले प्रयोग गर्न पाउँने छन् ।

एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको कार्यालय स्थापनासँगै यहाँका सरकारी निकायहरूले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन भइ विश्वसनियता वृद्धि हुने विश्वास ब्यक्त गर्नुभयो ।

अस्ट्रेलियामा स्थापना गरिएको नेपालीहरुको यो पहिलो कार्यालय हो । यहाँ अहिलेसम्म नेपाली समुदायको कुनै कार्यालय स्थापना गरिएको छैन । कार्यालय सबै नेपालीले गर्व गर्न लायक बनेको छ । कार्यालयलाई सबै नेपाली संघ संस्था तथा गैर आवासीय नेपालीले प्रयोग गर्न पाउँने गरि स्थापना गरिएको अध्यक्ष कँडेलले जानकारी गराउनुभयो ।

कार्यक्रममा एनआरएनए ओसेनियाका क्षेत्रीय संयोजक होम पाण्डे, भिक्टोरिया राज्यका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनलगायतको सहभागिता थियो ।  कार्यक्रममा गैर आवासीय नेपाली संघका अभियन्ता तथा नेपाली समुदायको अगुवाहरूका उपस्थिति थियो ।


प्रकाशित | २९ चैत्र २०७७, आईतवार ११:३१