चाँगुनारायण नगरपालिकाले भवन निर्माण आचारसंहिता पालनामा कडाई गर्ने

भक्तपुर : चाँगुनारायण नगरपालिकाले भवन निर्माण आचारसंहितालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुदै मेयर जीवन खत्रीले सो कुरा बताउनु भएको हो ।

निजी, सामुदायीक सबै प्रकारका भवन निर्माणमा आचारसंहिता पालनामा कडाई गरिने भएको छ । यस्तै व्यवस्थित एवं योजनबद्ध शहरी विकासमा विशेष ध्यान दिने मेयर खत्रीले उल्लेख गर्नु भयो ।

पूर्व स्वीकृतिबिना जग्गा खण्डीकरण गर्ने कार्यलाई निषेध गरिने नगरपालिकाको नीति रहेको छ । नक्सापास प्रक्रिया इबिपिएसलाई आगामी आर्थिक वर्षबाट थप व्यवस्थित गरिने भएको छ ।

भवन स्वीकृत मापदण्ड अनुरुप सोकपिट सहितको शिल गरिएको सेफ्टी ट्यांकी अनिवार्य रुपमा निर्माण गर्नुपर्ने नीति कार्यावयन गरिने जनाइएको छ ।


प्रकाशित | २३ असार २०८०, शनिबार २२:०३