बेलायतमा थप २३१ कोरोना संक्रमितको मृत्यु, ५ हजार बढी संक्रमित

एजेन्सी । बेलायतमा थप २३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
‘डिपार्टमेन्ट अफ सोसल केयर’ का अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण सो संख्यामा मृत्यु भएको हो । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २४ हजार ७९७ छ ।

यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा थप ५ हजार ७६६ जना नयाँ संक्रमित थपिएका छन् । विगतका केहि दिनहरुमा दैनिक संक्रमितको संख्यामा पाँच हजारको हाराहारीमा रहँदै आएको छ ।
थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कुल संक्रमित संख्या ४२ लाख २८ हजार ९९८ पुगेको छ ।

बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या हाल ९ हजार ४१८ रहेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार ३५६ रहेको छ । हालसम्म कोरोना संक्रमणका कारण बेलायतका अस्पतालमा ४ लाख ४७ हजार ३९७ जना भर्ना भएको सरकारी तथ्यांकमा उल्लेख छ ।


प्रकाशित | २६ फाल्गुन २०७७, बुधबार ०८:१९