एनआरएनए आइसिसी महिला फोरमद्धारा प्याशिफिकका विद्यार्थीलाई प्रशिक्षण

काठमाडौं: गैर आवासीय नेपाली संघ अन्तरष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी ) महिला फोरमले काठमाडौंको मैतीदेवीमा अवस्थित प्याशिफिक हस्पिटालिटी एण्ड कुलीनरी एकेडेमीमा अध्ययनरत विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा एनआरएनए आइसिसी महिला फोरम संयोजक भोमा लिम्बु, एनआरएनए अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी, आइसिसी सदस्य अनुजा प्रधानलगायतले विद्यार्थीलाई प्रशिक्षण दिनुभएको थियो ।

महिला फोरमले सञ्चालन गर्न लागेको विभिन्न प्रोजेक्ट मध्ये प्याशिफिकमा महिला तथा युवाहरु लक्षित १० हप्तादेखि १२ हप्तासम्मको कोर्षको कफी बनाउने तालिम सञ्चालन गर्न गइरहेको छ ।

महिला संयोजक लिम्बुका अनुसार तालिममा निम्न आय भएका परिवारका विशेष गरि युवा, एकल महिलाहरुलाई पूर्ण रुपमा छात्रबृत्ति प्रदान गरिनेछ ।  दुई वर्षमा कम्तिमा १०० महिलाहरु र १०० युवाहरुलाई तालिम दिलाउने लक्ष्य रहनेछ ।

प्याशिफिक अन्तराष्ट्रिय मापदण्डमा सञ्चालीत कुलीनरी एकेडेमी हो । तीन वर्ष अघि अन्तराष्ट्रिय स्टायण्र्डमा इकुमेन्टसहित सञ्चालन भइरहेको कुलीनरी एकेडेमीले विदेशी प्रविधि भित्र्याएर सिप सिकाउँदै आएको छ । अष्टेलियाबाट मान्यता प्राप्त यस कुलीनरी एकेडेमीले सयौ विद्यार्थीलाई तालिम प्रदान गरिसकेको छ ।


प्रकाशित | ११ माघ २०७६, शनिबार २१:१३