मन्त्री बास्कोटालाई छाडेर बुद्ध एयर काठमाडौं उडेपछि…

काठमाडौं : संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बुद्ध एयरले आफूलगायत कयौँ यात्रुहरूको अपमान गरेको बताउनुभएको छ । सोमबार काठमाडौं आउनको लागि दुई पटक विमानस्थल पुगेर फर्कदाको पीडा सुनाउँदै मन्त्री बाँस्कोटाले बुद्ध एयरले आफू लगायत सयौ यात्रुलाई अपमान गरेको बताउनुभयो ।

प्यूठानबाट अर्घाखाँचीको बाटो हुँदै बुटवल पुग्नुभएको मन्त्री बाँस्कोटालाई बुद्ध एयरले सोमबार साँझ दुई पटक एयरपोर्टबाट फकाइदिएको थियो । मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘म मात्रै होइन, अन्य कतिपय यात्रुहरू पनि अलपत्र पर्नुभयो ।’ मन्त्री बाँस्कोटा सोमबार साँझ ५ बजे को अन्तिम फ्लाइटमा काठमाडौं आउने तयारीमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा केही घण्टा कुरेर फर्कनुभएको थियो ।

अर्कोपटक पुनः काठमाडौंबाट जहाज रुपन्देहीको लागि उडेको खबर पाएपछि मन्त्री बाँस्कोटा विमानस्थलको बाटो लाग्नुभएको थियो । तर, विमानस्थलमा आएको विमानले मन्त्री बाँस्कोटालाई नै नकुरीकन फर्केर गएपछि मन्त्री बास्कोटाले मंगलबार पत्रकार सम्मेलनमा उक्त गुनासो पोख्नुभएको हो । उता बुद्ध एयरले भने साँझको उडान भएको कारण मौसम खराब हुन सक्ने र १० बजेपश्चात काठमाडौं विमानस्थल मर्मत संम्भारको लागि बन्द हुने भएपछि छिटो छिटो उडान गर्दा मन्त्री छुटेको जनाएको छ ।


प्रकाशित | ३ बैशाख २०७६, मंगलवार १३:५७