इनास रमाईलो सॉझ २०७६ युएईको अलऐनमा सम्पन्न

यूएई : अन्तराष्ट्रीय नेपाली कलाकार समाज (इनास) यूएई अलऐन क्षेत्रीय समितिको आयोजनामा इनास रमाईलो सॉझ २०७६ सम्पन्न भएको छ । गुरुङ, तामाङ, शेर्पा समुदायको (तमु ल्होसार ) सोनाम ल्होसार र ग्याल्बो ल्होसार ) संयुक्त रूपमा मनाउँदै इनास रमाईलो ल्होसार सॉझ २०७६ भब्यताका साथ सम्पन्न भएको हो ।

सम्पुर्ण नेपालीहरूको मौलिक भेषभुषा, भाषा, संस्कृतिर परम्परा र रितिरिवाजलाई जगेर्णा गर्दै नेपाली राष्ट्रीयतालाई बलियो बनाउने हेतुले कार्यक्रम आयोजना गरिएको हो ।

युएईको हरित शहर अलऐनको फुडवर्ल्ड रेष्टुरेण्टमा आयोजित कार्यक्रममा क्षेत्रीय अध्यक्ष रेबिका थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ युएई अध्यक्ष लक्ष्मण खनाल, इनास अध्यक्ष राम तामांङ, युएई युनिभर्सिटीका प्रोफेसर डा. शशीधर बेल्बासे, ब्याण्ड म्यानेजर केशब नेपाल, इनास सल्लाहकार रमेश क्षितिज, र अतिथिको रूपमा बिभिन्न संघ संस्थाका प्रमुख र प्रतिनिधि , प्रायोजक ब्यापारिक संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजिवी एवम् समाजसेवी र अलऐनबासी नेपालीको बाक्लो उपस्थित रहेको थियो ।

इनास युएईको ओतप्रोत ब्याण्डको ग्य्राण्ड फिनालेका बिजेता समीर गजमेर फष्ट रनर अप रबिन भुषाल र फाईनलिष्ट पॉच कलाकार सहित बाल कलाकार र शौभाब्य चौबन्दीमा बोलको स्वागत नृत्यबाट शुरू भएको सॉगितिक कार्यक्रममा स्थानीय चर्चित कलाकारहरूले राष्ट्रीय गीत, लोकगीत, पप , सेलोगीतमा गायन तथा नृत्यमा बेजोड प्रस्तुति दिंदै खचाखच भरिएको हलका दर्शकदिर्घालाई नचाउंदै मनोरन्जन प्रदान गरेका थिए ।

सोही कार्यक्रममा गत महिना युएईब्यापी फुटबल बिजेता इनास के। सदस्यएवम् इनास एफसीका म्यानेजर दुर्गा बहादुर सुनुवार साथै सम्पुर्ण टीमका खेलाडीहरूलाई सम्मान(पत्रका साथ खेल र खेलाडीहरूलाई प्रोत्साहन समेत गरिएको साथै
आबुधावी इनासको संयोजनमा मनिषा गुरूङ बचाउ अभियानमा उठेको सहयोग रकम समेत हस्तान्तरण गरिएको थियो ।

राष्ट्रीयगान पश्चात प्रमुख अतिथिद्वारा पानसमा दीप प्रजवलनका उद्घाटित औपचारिक कार्यक्रममा इनास संरक्षक कुमारी तामॉगले स्वागत मन्तब्य राख्नुभएको थियो भने भने पहिलो चरणको कार्यक्रम संचालन सचिव रामु बुढा र दोश्रो चरणको सॉगितिक कार्यक्रम ममता बस्याल र रमेश क्षितिजले संचालन गर्नु भएको थियो ।


प्रकाशित | ११ फाल्गुन २०७६, आईतवार १५:४७