दोलखा : नेकपा एमालेले चुनावी अभियानलाई तीब्र ढंगले अगाडि बढाइरहेको छ । निर्वाचन नजिकिंदै गर्दा नेकपा एमाले दोलखाले चुनावी सभा, घरदैलो कार्यक्रम तथा भेटभाट कार्यक्रमलाई तीब्र ढंगले अगाडि बढाएको हो ।
जिल्लाभर चुनावी अभियानलाई ब्यापक बनाएको एमालेले विगु गाउँपालिकाका १, २, ३ र ४ वडा क्रमश लामाबगर, ओराङ, बुलुङ र लादुकमा पनि चुनावी सभा सम्पन्न गरेको छ ।
प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटी, प्रदेश सभा सदस्य पदका उम्मेदवार भरत केसी, पूर्व मन्त्री तथा पोलिटब्यूरो सदस्य पार्वतङसहितको सहभागितामा भएको चुनावी कार्यक्रमको क्रममा स्थानीयले भब्य स्वागत गरेका थिए भने एमालेका उम्मेदवारहरुलाई आफूले मत दिने प्रतिबद्धता जनाएका थिए ।
स्थानीयको बाक्लो सहभागिता रहेको कांर्यक्रममा एमालेका मात्र नभई अन्य विभिन्न पार्टीका कार्यकर्ताको पनि सहभागिता रहेको छ । उत्साहीत स्थानीयले एमालेका उम्मेदवारलाई मत दिन आत्तुर रहेको बताएका थिए ।
सोही क्रममा विगु गाउँपालिका वडा नंं १ का कांग्रेस वडा सभापति यादव प्रसाद आचार्यसहितको टिम एमालेमा प्रवेश गर्नु भएको छ । आचार्यसहितको टिमलाई पार्टीमा भब्य स्वागत गरिएको छ ।
प्रकाशित | २८ कार्तिक २०७९, सोमबार २२:५४