लाओसमाथि नेपालको जित

काठमाडौं – नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओसलाई हराएको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले २-० को सहज जित दर्ता गरेको हो ।

नेपालले पहिलो हाफमा अनन्त तामाङको गोलमा सुरुवाती अग्रता लिएको थियो । दोस्रो हाफमा नेपालका लागि नवयुग श्रेष्ठले लामो दुरीबाट सुन्दर गोल गर्दै अग्रता दोब्बर पारे ।

दोस्रो हाफको सुरुवातमै नवयुगले दर्शनीय गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । लाओसको हाफको मध्यभागमा प्राप्त खुला बललाई नवयुगले पहिलो टचमा नै गोल गरेका थिए । गोलरक्षक सेसाभाथ सौभान्शोकले नवयुगको प्रहार ठम्याउन नसक्दा गोल भएको थियो ।

नेपालले अब प्रतियोगिताको अन्तिम लिग खेलमा भुटानको सामना गर्नेछ । मंगलबार नेपालसँग खेल्नुअघि भुटानले शनिबार लाओसको सामना गर्नेछ । शीर्ष २ टोलीले अर्को शुक्रबार फाइनल खेल्नेछन् । विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ ।


प्रकाशित | ८ चैत्र २०७९, बुधबार २२:०८