सुनको भाउ तोलामा एक लाख दुई हजार ५ सय पुग्यो

काठमाण्डौ – सुनको भाउ वृद्धि हुने क्रम जारी छ । आज तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख दुई हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा १६ सय रुपैयाँ बढेको सुनको भाउ आज ११ सय रुपैयाँ महँगो भएको थियो । सुन हिजो तोलाको १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार थियो ।

महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंश २८ डलरले बढेको छ । यस्तै चाँदी आज तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ४५ रुपैयाँ पुगेको छ ।


प्रकाशित | २२ श्रावण २०७७, बिहीबार १२:४५