करेन्ट लागेर एक विद्यार्थीको मृत्यु

अर्घाखाँची: अर्घाखाँचीको पाणिनी गाउँपालिकाको पाणिनी प्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीको खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

अछाम घर भएका २२ वर्षिय जगदिश तिमिल्सनाको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको प्रहरीले प्रहरी चौकी पालिका प्रमुख रामनारायण चौधरीले जानकारी दिएका छन् ।

पाणिनी गाउँपालिका– ७ झन्द्रेक कोठामा बस्ने तिमिल्सना माछा मार्ने क्रममा घाईते भई उपचारका क्रममा अस्पताले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।


प्रकाशित | २३ जेष्ठ २०७६, बिहीबार १५:५४