नागरिकता विधेयकलाई राष्ट्रियसभाबाट पनि तत्काल पारित गराउन लागिपरेका छौ : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं : गैर आवासीय नेपाली संघका उपाध्यक्ष महेश श्रेष्ठले नागरिकता विधेयकलाई राष्ट्रियसभाबाट पनि तत्काल पारित गराउन लागिपरेको बताउनु भएको छ ।

शुक्रबार प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएपछि विश्व सन्देशसँगको कुराकानीमा उपाध्यक्ष श्रेष्ठले विधेयक राष्ट्रियसभाबाट पारित नभए प्रमाणीकरण नहुने भएकाले तत्काल पारित गराउन लागिपरेको बताउनु भयो ।

उहाँले विधेयक पारित भएसँगै गृहमन्त्री बालकृष्ण खाण सँग भेटेर राष्ट्रियसभामा विधेयक पेश गर्न पहल गरेको र आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूचीमा पार्न नेताहरुसँग निरन्तर भेटभाट, छलफल र लविङ भइरहेको बताउनु भयो ।

संविधानमा उल्लेख भएको आर्थिक, सामाजीक र साँस्कृतिक अधिकारलाई समेटेर पारित भएको नागरिकता विधेयलाई स्वागत गर्दै उपाध्यक्ष श्रेष्ठले राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग समेत भेट गरेर पारितका लागि पहल भइरहेको जानकारी गराउनु भयो ।


प्रकाशित | ७ श्रावण २०७९, शनिबार १२:५७