न्यायालयको गतिरोध अन्त्यका लागि महाअभियोग : कानुनमन्त्री बडू

काठमाडौँ –  कानुनमन्त्री दीलेन्द्रप्रसाद बडूले महानन्यायाशीधमाथि न्यायालयको गतिरोध अन्त्य गर्न महाअभियोग लगाइएको बताउनु भएको छ ।

संसद् सचिवालयमा आइतबर सञ्चारकर्मीहरू कुरा गर्नुहुँदै मन्त्री बडूले प्रधानन्यायाधीश जबरामा न्यायालयको गरिमा जोगाउने चिन्ता नदेखिएकाले पनि महाअभियोग दर्ता गर्नुपरेको बताउनु भयो ।

‘गतिरोधमा न्यायपालिका रहृयो भने न्यायापालिकाको आवश्यकता र गरिमाथि प्रश्न उठ्न सक्ने देखियो । त्यसकारणले प्रतिनिधिसभाका सांसदहरुले संवैधानिक निकास खोज्ने प्रयत्न गर्नुभयो’, मन्त्री बडुले भन्नु भयो ।

उहाँले न्याय दिने निकाय भनेकै न्यायपालिका भएकाले त्यहाँ समस्या आउँदा शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप भूमिका निर्वाह गरेको पनि बताउनु भयो ।


प्रकाशित | १ फाल्गुन २०७८, आईतवार १४:४४