श्रम मन्त्रीसँग एनआरएनए अध्यक्ष पन्तको भेटवार्ता, श्रमीक कल्याणकारी कोषको विषयमा छलफल

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्त, सल्लाहकार रामेश्वर साह, आइसिसी सदस्य (जर्मनी ) टंक लम्सालसहितको एनआरएनएको टोलीले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवसँग भेटघाट गरेको छ । भेटमा श्रमिक कल्याणकारी कोष तथा वैदेशिक रोज़गारमा जाने समग्र नेपालीहरुको विविध विषयमा गहिरो छलफल भएको छ ।

भेटमा मन्त्री यादवले गैर आवासीय नेपालीसँग सहकार्य गरेर आफू अगाडि बढ्न चाहेको बताउनुभयो । साथै अध्यक्ष पन्तले वैदेशिक रोजगारीमा देखिएका श्रमीकका हक हितका सवाल र श्रमीकका समस्या समाधानमा एनआरएनएले सक्दो सहयोग गर्ने अवगत गराउनुभयो ।


प्रकाशित | १६ माघ २०७६, बिहीबार १७:२६