नेपाल आइडल रवि ओडले ल्याए ‘मिठो बोलीले’ म्युजिक भिडियो

काठमाडौं : नेपाल आइडल तथा गायक रवि ओड ‘मिठो बोलीले‘’ गीतको म्युजिक भिडियो ल्याउनुभएको छ । नृत्यपरक उक्त गीतमा हरि लम्सालको संगीत कृष्ण केसीको शब्द रचना रहेको छ । शिव बिकको कोरियोग्राफी तथा निर्देशनमा उक्त गीतको म्युजिक भिडियो तयार भएको हो । भिडियोमा अभिनेत्री एलिशा राई तथा गायक रवि ओड नै फिचर्ड छन् । सुप्रिम पराजुलीले भिडियोलाई सम्पादन गर्नुभएको छ ।

रामेश्वर कार्की भिडियोको छायांकार हुनुहुन्छ । भक्तपुर दरवार स्क्यावरको आकर्षक लोकेशनमा छायांकन गरिएको भिडियोमा करिव ६० जना कोरस कलाकारहरुले सामुहिक नृत्य गरेका छन् । रविको यो पहिलो आफ्नो सांगीतिक प्रस्तुती हो ।


प्रकाशित | २४ चैत्र २०७५, आईतवार १०:१८