एसआई यूकेको आयोजनामा नेपालमा पहिलो पटक शैक्षिक मेला हुँदै

काठमाडौं : एसआई यूके नेपालको आयोजनामा काठमाडौंमा पहिलो पटक भब्य रुपमा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक मेला हुने भएको छ । विश्वमा ख्याती प्राप्त एसआई यूके नेपाल ब्रान्चले भब्य रुपमा शैक्षिक मेला आयोजना गर्न लागेको हो ।

आगामी फेम्बुअरी २२ तारिख अर्थात फागुन १० गते काठमाडौंको होटल अन्नपूर्णमा हुन लागेको शैक्षिक मेलाको लागि तयारी तीब्र पारिएको छ । एसआई यूके नेपालका डाईरेक्टर विनय अधिकारी सोही मेलालाई मध्य नजर गर्दै लन्डनबाट नेपाल आइपुग्नु भएको छ ।

डाईरेक्टर विनय अधिकारीका अनुसार मेलामा यूकेका २० वटा भन्दा बढी यूनिभर्ससिटीको सहभागिता रहनेछ । मेलामा नेपालको शैक्षिक क्षेत्रमा उच्चपदस्थ विज्ञहरुको समेत सहभागिता रहनेछ ।

साथै मेलामा करिव एक हजारले प्रत्यक्ष रुपमा लाभान्विभत हुने अनुमान गरिएको डाईरेक्टर अधिकारीले जानकारी गराउनुभयो । डाईरेक्टर अधिकारीका अनुसार मेला विद्यार्थीलाई प्रत्यक्ष रुपमा यूनिभर्ससिटीबाट परामर्श सुविधा उपलब्ध गराउने उद्देश्यले आयोजना गर्न लागिएको हो ।

मेलामा सहभागि हुनका लागि एसआई यूके नेपालको ब्रान्च अफिस पुत्तलीसडकस्थित कृषि विकास बैंकको दोस्रो तल्लामा रहेको कार्यलयमा आएर सम्पर्क गर्न सकिने डाईरेक्टर अधिकारीले बताउनुभयो ।

सो शाखाले यूकेमा स्नातक तह उर्तीण गरि नेपाल फर्केका स्टाफहरुमार्फत सेवा प्रदान गर्दै आएको छ । जसले यूकेको रहनसहन, बस्तुस्थिती बुझेको र योग्य कर्मचारीबाट शैक्षिक परामर्श हुने गरेको डाईरेक्टर अधिकारीले बताउनुभयो ।

नेपालबाट विकसित मुलुकका राम्रा युनिभर्ससिटीमा अध्ययन गर्न जाने क्रम बढेसँगै पछिल्लो समय यूकेमा पिएस डब्लू भिसा प्रणाली खुल्ला गर्न लागिरहँदा र यूके यूरोपबाट बेक्जिट हुँदा धेरैलाई जबको सुविधा मिल्ने सम्भावना बढेकाले पनि यूके अध्ययन गर्न जाने विद्यार्थीको आर्कषण ह्वात्तै बढेको देखिन्छ ।

२२ वटा देशमा फैलीएको एसआई यूकेले विश्वभरि ५० वटा अफिस मार्फत सेवा प्रवाह गर्दै आएको छ । एसआई यूकेले बेलायतमा १ सय २० वटा भन्दा बढी विश्व विद्यालयमार्फत सहकार्य गर्दै आएको छ ।

हरेक वर्ष ३० औं हजार विद्यार्थीलाई युकेमा अध्ययन गर्ने अवसर प्रदान गर्दै आएको एसआई यूकेको डाटा अनुसार सन् २०१८ मा ३२ हजार विद्यार्थी यूकेको विश्वविद्यालयमा भर्ना भएका थिए ।

 


प्रकाशित | १४ माघ २०७६, मंगलवार १९:५३