बसुन्धारामा फेला परेको सकेट बम सेनाले गर्यो डिस्पोज

काठमाडौं :  काठमाडौंको बसुन्धारामा फेला परेको सकेट बम नेपाली सेनाले डिस्पोज गरेको छ । बसुन्धरामा रहेको ओसिस क्याफेसँगै जोडिएको घरमा सञ्चालित कल्चरल सेन्टरको कार्यालयमा सकेट बम फेला परेको हो । सो बम सेनाको टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ ।  प्रहरीले सोधपुछका लागि कल्चरल सेन्टर संचालक प्रकाश सुवेदीसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले कार्यालयको सोफा मुनि सकेट बम फेला परेको जानकारी गराउनुभयो । सकेट बम फेला परेको सूचनाका आधारमा घटनास्थलमा पुगेको प्रहरीले बम डिस्पोज गर्ने अवस्था हरेपछि सेनालाई खबर गरि डिस्पोज गरिएको हो ।


प्रकाशित | २५ चैत्र २०७५, सोमबार १६:२१