प्रधानमन्त्री देउवाद्वारा राष्ट्रका नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्नु भएको छ । सरकारले ६ महिना पूरा गरेको अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्नु भएको हो ।

नेपाली कांग्रेसका सभापति रहनुभएका देउवाले गत असार २९ गते प्रधानमन्त्रीको सपथ लिनुभएको थियो । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा यस अवधिमा सरकारले गरेका कारकारवाही र मुलुकको वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको हो ।

सम्बोधनका क्रममा उहाँले सरकारले कोभिड–१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकारले गरेका कामका बारेमा जानकारी गराउँदै यस कार्यमा सबैको सहयोग गर्न आग्रहसमेत गर्नुभएको छ ।

सो अवसरमा देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्ने बताउनु भयो । तीनै तहको निर्वाचन तयारी का लागि अगाडि बढाइएको बताउँदै एक वर्षभित्र निर्वाचन सम्पन्न गर्ने बताउनु भयो ।

‘एक वर्षभित्रै तीनवटै तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारको काँधमा रहेको छ । निर्वाचनको पूर्वतयारी गर्न म सम्बन्धित निकायहरुलाई आग्रह गर्दछु’, प्रधानमन्त्री देउवाले भन्नु भयो ।

यस्तो छ सम्बोधनको पूर्णपाठ

https://bishwosandesh.com/wp-content/uploads/2022/01/Adress-by-PM-to-Nation-.pdf


प्रकाशित | ७ माघ २०७८, शुक्रबार १७:१९