चाँगुनारायण नगरपालिकाको आयोजनामा गायन प्रतियोगिता सम्पन्न

भक्तपुर: चाँगुनारायण नगरपालिकाको आयोजनामा युवा प्रतिभा पहिचान अन्तर्गत गायन प्रतियोगिता सम्पन्न भएको छ । चाँगुनारायण नगरभित्र अध्ययन तथा बसोबास गर्ने १४ देखि २५ वर्ष उमेरका युवाहरुको लागि गायन प्रतियोगिता आयोजना गरिएको हो ।

नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बीर बहादुर खडकाका अनुसार प्रतियोगितामा चाँगुनारायण माविका राम बहादुर फुयाँल प्रथम, वडा नंं ८ का विजय दुलाल द्धितीय र नवीन ई स्कुलका अनिष वाईवा तृतीय हुनु भएको छ ।

प्रतियोगितामा ३६ जना प्रतिस्पर्धीहरुको सहभागिता थियो ।कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीलगायतले सम्बोधन गर्नु भएको थियो ।

प्रतियोगिताको निर्णयकहरुमा सुनिल लोहना, कृष्ण सुन्दर सुजखु र इन्दिरा लाछिमस्यु हुनुहुन्थ्यो ।


प्रकाशित | २४ भाद्र २०८०, आईतवार २०:५६