दोलखाली समाज अस्ट्रेलिया गठन, बिष्णु बरसिंह थापाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति

सिड्नी : दोलखाली समाज अस्ट्रेलिया औपचारीक रूपमा शुरूवात भएको छ । अस्ट्रेलियामा रहनुहुने सम्पुर्ण दोलखालीहरुको एक भेलाले दोलखाली समाज अस्ट्रेलिया गठन गरेको हो ।

आयोजित दोलखालीको भेलालेबिष्णु बरसिंह थापाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको संरक्षकमा रामजी बस्नेत, सल्लाहकारहरू क्रमश दिपक खड्का, भरत पोख्रेल, अन्जन कार्की, दिपेन्द्र उप्रेती रहनु भएको छ ।

त्यस्तैगरि उपाध्यक्षमा रमेश थापा र कलम खड्का, सचिवमा राजकुमार खड्का, कोषाध्यक्षमा निराजन थापा, सदस्यहरु अन्जना कार्की बस्नेत, रोजिना श्रेष्ठ, प्रदीप दाहाल, युवराज थापा, सागर दाहाल, ईश्वर बस्नेत, रविन्द्र उप्रेती, प्रदिप थापा रहनुभएको छ ।


प्रकाशित | १३ माघ २०७६, सोमबार १३:१०