जापानले माग्यो केयर गिभरमा एक हजार नेपाली

गोपाल संग्रौला/काठमाडौं

जापानले जनवरी र मार्चमा जापानी भाषा परीक्षा सञ्चालन गरेर नेपालबाट उक हजार युवालाई रोजगारीका लागि लैजाने भएको छ । वैदेशिक रोजगार विभागले शुक्रबार सूचना सार्वजनिक गर्दै नर्सिङ केयर गिभरका लागि सो संख्यामा नेपाली युवालाई रोजगारका लागि लैजान लागेको जनाएको हो ।

यसअघि पनि एक चरणमा परीक्षा सञ्चालन गरे पनि थोरै संख्यामा मात्र नेपाली उत्तीर्ण भएका थिए । नेपाल र जापान सरकारबीच केही महिनाअघि भएको ‘सहयोग समझदारी’ ९एमओसी० बमोजिम नेपालबाट नर्सिङ केयर गिभरका लागि पुनः परीक्षा गर्न लागिएको हो ।

नेपाल र जापान सरकारबीच ‘स्पेसिफाइट स्किलर वर्कर’ अन्तर्गत नेपाली श्रमिकहरू पठाउनेसम्बन्धी एमओसी हस्ताक्षर भएबमोजिम चरणबद्ध रुपमा नेपाली श्रमिक लैजाने योजना अनुसार यो परीक्षा हुन लागेको हो । जनवरी र मार्चमा सञ्चालन गरिने यो परीक्षा जापान फाउन्डेसनले गर्ने भएको छ । परीक्षा जनवरी ७ देखि २९ गतेसम्म पटक–पटक गरेर १० दिनसम्म सञ्चालन हुनेछ ।


प्रकाशित | २० पुष २०७६, आईतवार ०९:२९