मुगुमा औषधिको चरम अभाव, बिरामीहरु निजी मेडिकलमा औषधि किन्न बाध्य

मुगु:  जिल्ला अस्पताल मुगुदेखि स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ भने बिरामीहरू निजि मेडीकल बाटऔषधि किन्दै रहेका छन । जिल्लामा रहेका स्थानिय निकाय,जिल्ला अस्पताल,जिल्ला स्वास्थ्य कायलय क्षेत्रीय मेडिकल स्टोर बाट प्रतेक बर्ष लाखै मूल्यको औषधि खरीद गरेको देखाए पनि हिजो आज मुगुमा औषधि अभाव रहेको देखीन्छ । सिंहदरवारको अधीका गाँउ गाँउ आयो भनि पनि मुगालीलाई गाँउ गाँउ सम्म सिंहमात्र आएको अनु भुति भएको छ हिजो आज मुगालिलाई ।सोरु गाँउपालिका वडाम्बर ९ कलै गाँउका नरजित सुनार गाँउ घरमा रहेको स्वास्थ्य सस्थामा औषधि नपाएपछि दुई पैदल हिडेर गमगढी सदरमुकाममा रहेको जिल्ला अस्पताल ठिनीमा औषधि गराउन पुग्दा अस्पताल ठिनीमा चेकजाच मात्र भयो औषधि रहेन छ । यो समाचार आजको कारोबार दैनीकमा प्रकाशित छ ।

मेडीकल बाट किनेर लिनु पर्ने भयो मेडीकलमा औषधि नपाईए खालिहात घर जानु पर्ने भो बिरामीहुदा निकै दुख भएको बताउन्छ । ५ दिन सम्म जिल्ला अस्पतालमा भर्ना भएर डिसचार्ज भएका छायानाथ रारा नगरपालिका वडा नम्बर १४ सुम्लीका गोर्ख नेपालिका अनुसार अस्पतालमा औषधि पाईदौन । बजार बाट निजि मेडीकल बाट ३१ सय सम्मको औषधि किनेर प्रयोग गरेको छु र केही औषधि अस्पताल बाट पाईएको छ । दमको बेथा भएको हुदा ज्वरो,रुघाखोकीकी ओषधी मात्र पाईयो बजार बाट उघारोमा औषधि ल्याएको छ । आफु पटक पटक बिरामी हुर्ने भएको हुदा स्वास्थ्य बिमा पनि गरेको थिए ३५सय रुपैया तिरेर बिमा गरे पनि हिजो आज आफ्नै रुपैयाले औषधि गरेको समेत गुनासो गरेका छन । सोरु गाँउपालिकाले स्वास्थय चौकी कच्र्चेमा थोरै मात्र औषधि दिन्छ तेही पनि औषधि छहिन आमाको उपचार गर्नको लागी जिल्ला अस्पतालमा आउदा पनि सबै प्रकारको औषधि पाई दैन केही औषधि बजारमा मेडिकल बाट किनेर ५सय सम्मको औषधि ल्याई सकेको बताउन्छ सोरु गाँउपालिका ८ कच्र्चे गाँउका दानसिंंह कार्कीले बताएका छन ।

जिल्लामा रहेका स्थानिय तह सोरु गाँउ पालिका बाट थोरै थोरै मात्रमा औषधि ल्याउन्छ कहाँ कसरी बितरण गर्छ हिजो आज सरकारी स्वास्थय सस्थामा औषधि अभाव देखीन्छ । गाँउ घरमा बिरामिहुदा फेजनेपाल नामक सस्थामा र निजी मेडीकलमा गएर औषधि उपचार गर्ने गरेको सोरु गाँउपालिकाका समाज सेबी देबिलाल मल्लले बताएका छन । जिल्ला अस्पतालमा ठिनीमा औषधि कुनै कुनै आईटमको अभाव भएको छ बिशेस गरी सलाईन,एसीलक लगाएतका केही औषधिको अभाव भएको हुदा क्षेत्रीय मेडीकल स्टोर र जिल्ला स्वास्थय कायालय मुगु बाट माग गरिरहेको छौ जिल्ला अस्पताल बाट दिर्ने ७० प्रकारको औषधि मध्य केहस् औषधि बिरामीलाई दिईरहेको र अस्पताल भित्र रहेको र्फ्रमेशी बाट र निजी मेडीकल बाट औषधि बिरामीहरूले प्रयोग गरिएका डाक्टर निर्मल नगरकोटीले बताएका छन ।

जिल्लामा औषधिको चरम अभाव भई रहेको अबस्थामा मुगु जिल्ला स्वास्थ्य कार्यालको नाममा ६ महिना पहिले देखी नेपालगंज राझाको एक होटलमा ब्यावारिसे रुपमा औषधि रहेको छ । यस बिषयलाई जिल्ला स्वास्थय कार्यालय मुगुमा बुझ्दा जिल्ला स्वास्थ्य कायलय बाट गएको आ।व र यो आ।वको औषधि सिंस्टम निती नियम बाट खरिद गरी जिल्ला स्वास्थ्य कार्यालय बाट स्थानिय निकायमा रहेका स्थास्थय सस्थामा र जिल्ला अस्पतालमा पठाई सकेको नेपालगंज राझामा रहेको औषधिमा जिल्ला स्वास्थ्य कार्यालय मुगुको नाम लेखीएको भए पनि कसले औषधि आयो ,ढुवानि कस्को जिम्मा रहेको छ लिखीत कागज पत्र नभए सम्म आफुलाई कुनै जानकारी नभएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी तथा निमित्त कार्यालय प्रमुख बलि बुढाले बताएका छन ।हिजो आज मुगु जिल्ला मा रहेका एक नगरपालिका तिन बटा स्थानिय तहमा रहेका धेरै जसो स्वास्थ्य सस्थामा औषधिका अभाव रहेको छ ।

औषघी नेपागंजमा वेवारिसे नेपालगंज राझाको एक होटलमा मुगु र हुम्ला जिल्ला स्वास्थ्य कार्यालयको नाममा रहेको औषधि ६ महिना बाट ब्यावारीसे रुपमा रहेको भेटीएको छ ।राझा यएरपोटमा रहेको पन्चलाल बुढाको होटलमा मुगु जिल्ला स्वास्थ्य कार्यालय र हुम्ला जिल्ला स्वास्थ्य कार्यालयको नाम लेखेको २,२ बोरा औषधि नाम र कार्यालयको फोन सहित लेखेको छ । कोटीयम कुरीएर्स नामलेखेको बोरा भित्र औषधि रहेको छ । ६ महिना पहिले देखी मेरो होटलमा रहेको छ म होटलमा नभएको समय कसले ल्याएको हो । आफुलाई कुनै थाहा नभएको होटल सन्चालक पन्चलाल कार्कीले बर्ताका छन ।२ बोरामा मुगु जिल्ला स्पाथ्य कार्यालयर २ बोरामा हुम्ला स्वास्थ्य कार्यालयको नाम लेखेको छ । जिल्ला मा औषधि अभावको समचार बाहीर आई रने तर मेरो होटलमा ब्यावारिसे हिराबमा मेरो होटलमा लाखै मुल्यको औषधि रहेको छ ।

६ महिना बिती सक्दा कुनै पनि निकाय बाट पहल नभएको हुदा बाध्य भएर औषधि रहेका जानकारी गरीदिएका कार्कीले बताएका छन । औषधिको बोरा च्याति सकेका छन । औषधि बाहीर देखीन्छन गोलव लगाएत अन्य धेरै औषधि रहेको छ । जिल्लाका औषधिको अभावहुदै जाने उता खरीद गरेको औषधि ब्यावारीसे अलपत्ररहने खेरजाने भएको देखीन्छ । औषधि कसले खरीद गरेको हो कहाँ बाट आएको हो । हामो जिल्ला स्वास्थ्य कायालयको औषधि होईन । यसको ब्यावारीसे औषधिको बारेमा आफुहरूले पनि अनुसन्धान गरिरहेको जिल्ला स्वास्थय कार्यालयका सुचना अधिकारी बलिराज बुढाले बताएका छन ।


प्रकाशित | ७ आश्विन २०७६, मंगलवार ०९:३८