एनआरएनए एसिया प्याशिफिकको क्षेत्रीय सचिवमा न्यौपाने नियुक्त

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकको क्षेत्रीय सचिवमा प्रदिप न्यौपाने नियुक्त हुनु भएको छ । नयाँ कार्यसमिति निर्वाचीत भएपछि बसेको पहिलो बैठक भर्चुअल बैठकले न्यौपानेलाई क्षेत्रीय सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले गैर आवासीय नेपाली संघको बिधान अनुसार एसिया प्याशिफिक क्षेत्रिय सचिवमा एनआरएनए चीनबाट प्रतिनिधित्व गर्दै आउनु भएका आइसिसी सदस्य न्यौपानेलाई नियुक्त गरिएको हो । लामो समय देखि चीनलाई आफ्नो कर्मभूमि बनाउँदै आउनु भएका न्यौपाने एनआरएनए चीनका पूर्व अध्यक्ष पनि हुनुहुन्छ ।

एशिया प्यासिफिक क्षेत्रबाट संचालित एनआरएनए ग्लोबल स्पीच कन्टेस्टलगायत विभिन्न एनआरएनए गतिविधि कार्यक्रममा उल्लेखनीय योगदान गर्दै आउनु भएका न्यौपानेको कोभिड महामारीको विश्व नै आक्रान्त भएको अवस्थामा विभिन्न मुलुकहरुवाट उपलब्ध सहयोग रकम बाट स्वास्थ्य परीक्षण उपकरण, स्वास्थकर्मीहरुका लागि सुरक्षाका सामाग्री खरिद गरी नेपालमा उपलब्ध गराउन महत्वपूर्ण भूमिका रहेको थियो ।


प्रकाशित | १६ जेष्ठ २०७९, सोमबार २०:२८