विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित एकै परिवारका ५ पक्राउ

काठमाडौँ : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीले ठूलो परिमाणमा विदेशी मुद्रा बरामद गरेको छ । अबैध विदेशी मुद्रासहित सुवास श्रेष्ठको पाँच जनाको परिवार पक्राउ गरेको हो । प्रहरीले नियन्त्रणमा लिएकामध्ये २ नाबालक छन् ।

थाइ एयरबाट बैंकक जान लागेका एकै परिवारका ५ जनालाई ठूलो परिमाणको विदेशी मुद्रासहित नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो । पक्राउ परेका श्रेष्ठ परिवारको साथबाट प्रहरीले २१ हजार १ सय ५० थाइ भाट नियन्त्रणमा लिएको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार, १३८० यूरो, १० हजार यूएसडी र ८० हजार चाइनिज युआन पनि फेला परेको जनाएको छ ।


प्रकाशित | २३ चैत्र २०७५, शनिबार ११:२९