पाँच दिने रक्तदाता उत्प्रेरणा प्रशिक्षकहरुको प्रशिक्षण सम्पन्न

काठमाडौं : केन्द्रीय रक्तसंचार सेवा र नेपाल रेडक्रस सोसाईटी ३ नं प्रदेश समितिले गैरआवासीय नेपाली संघ रक्तसंचार प्रविधि उपसमिति, अन्तराष्ट्रिय नेपाली रक्तदाता संघ , नेपाल थालासेमिया समाजको सहकार्य र स्वस्तिक लौन्ज आएंड व्याँकवेटको सहयोगमा ५ दिने रक्तदाता उत्प्रेरणा प्रशिक्षकहरुको प्रशिक्षण मिति २०७६ मंसीर ३० गते देखि पुस ४ गतेसम्म केन्द्रीय कार्यसमिति वैठक हल, नेपाल रेडक्रस सोसाईटी, सोल्टीमोड,कालिमाटीमा आयोजना गरेको थियो ।

उक्त १९ जना युवा र १३ जना युवती गरि प्रशिक्षणमा ३२ जना सहभागी भएका थिए भने विभिन विद्या तथा क्षेत्रका ११ जना प्रशिक्षक तथा सहजकर्ताहरुले उक्त तालिममा कक्षा संचालान गरेका थिए । काठमाडौँ उपत्यकामा रक्तादाताहरुको संख्या र रक्तदान कार्यक्रमको संख्या बढाउने उदेश्यले संचालन भएका उक्त कार्यक्रममा सहभागीहरुले प्रशिक्षक तथा उत्प्रेरकमा हुने गुण, रक्तादान, रक्तसंचार, संचार, रेडक्रस अभियान, रगत विज्ञान, नेपालमा रक्तसंचारको अवस्था र व्यवस्थापनको बारेमा विस्तृत ज्ञान पाएका थिए ।

साथै नेपाल रेडक्रस सोसाईटी र गैरआवासीय नेपाली संघ रक्तसंचार प्रविधि उपसमितिद्वारा न्युक्त रगतको सम्भावना दुत इन्दिरा जोशी, ९० घण्टा २ मिनेट बोलेर गिनिस बुक अफ वोर्ल्ड रिकर्डमा नाम लेखाउन सफल अनन्त राम के। सी। र नेपालमा रक्तासंचारको सूचना प्रणालीमा काम गरिरहनु भएकी हाम्रो लाईफ बैंकको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रुमी सिंहले उत्प्रेरणा प्रदान गर्नु भएको थियो ।

नेपालमा यस्तो प्रशिक्षण करिब ३ वर्ष पछी भएको हो । यो कार्यक्रम संचालन गर्न गैरआवासीया नेपाली संघ रक्तसंचार प्रविधि उपसमितिले सबैसंग सहकार्य गरेको थियो । यो प्रशिक्षण सुरु गर्नु अगावै एक महिना अघि अनलाईन मार्फत ११८ जनाको आवेदन लिएको थियो भने त्यस बाट सर्टलिस्ट भएका ७० जनाको अन्तर्वार्ता लिएर ३२ जनालाई छनौट गरिएको थियो ।


प्रकाशित | ७ पुष २०७६, सोमबार २०:५५