चितवनमा भएको छुट्टाछुट्टैसवारी दुर्घटनामा तीन जनाको मृत्यु

चितवन : चितवनमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र ईच्छाकामना गाउँपालिकामा गाडीले मोटरसाइकललाई ठक्कर तीन जनाको सवारी दुर्घटनामा मृत्यु भएको हो । भरतपुर महानगरपालिका–११ बाइपासरोडको गुम्बाचोकमा बुधवार साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा इच्छाकामना गाउँपालिका–५ घर भई भरतपुर–११ मा बस्दै आएका ३७ वर्षीय रेशमबहादुर गुरुङको मृत्यु भएको हो ।

त्यस्तै, पूर्वी चितवनको भित्रि सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१३ जयमंगलाका २३ वर्षीय रन्जित दराई रहेको प्रहरीले जनाएको छ। यस्तै, ईच्छाकामना गाउँपालिका–४ लेवाटारमा माइक्रोबसले मोटरसाइकलाई ठक्कर दिँदा गोर्खा नगरपालिकाका–४० वर्षीय शम्भु खड्काको मृत्यु भएको छ। पोखराबाट काठमाडौं तर्फ जाँदै गरेको बा २ ख २२४८ नम्बरको माइक्रोबसले विपरीत दिशाबाट जाँदै गरेको ग ७ प ९३९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार ०७:२७