स्वीडेनमा कोरोना प्रभावीत नेपालीलाई राहत वितरण कार्य सम्पन्न

स्वीडेन : कोरोना कहरबाट आर्थिक रुपले प्रभावित भएका स्वीडेनबासी नेपाली साथै नेपालबाट अध्ययनका लागि आउनु भएका बिद्यार्थीहरुलाई आपतकालीन राहत वितरण गर्ने काम सम्पन्न गरिएको छ ।

बिश्वभरि फैलिइरहेको कोरोना संक्रमणले स्वीडेनलाई पनी उत्तिकै प्रभावित पारिरहँदा स्वीडेनमा रहेका बिभिन्न सामाजिक संस्थाहरुले संयुक्त रुपमा यो कोरोना कहरबाट प्रभावित स्वीडेन बासी सबैलाई आपतकालिन सहयोग गर्ने घोषणा गरेका थिए ।

गत ७ अप्रिल २०२० मा स्वीडेनमा भएका ३ ओटा संस्थाको संयुक्त बैठकले कोरोना भाइरसको संक्रमणले नेपाली समुदायमा हाल पारेको तत्कालिन प्रभाव तथा भविष्यमा नेपाली समुदायमा पर्न सक्ने असर र प्रभाव बारे संयुक्त रूपमा छलफल र समिक्षा गर्दै आपतकालीन राहत प्याकेज बितरण गर्ने निर्णय गरेर सार्बजनिक सूचना जारी गरेको थियो।

एनआरएनए स्वीडेन, प्रवासी नेपाली एकता मञ्च स्वीडेन र जन सम्पर्क समिति स्वीडेनको सयुक्त प्रयासमा ९ सदस्यीय समूह गठन गरिएको थियो ।

स्वीडेनका विभिन्न भागमा छरिएर रहेका कोरोना कहरबाट आर्थिक रुपले प्रभावित भएका स्वीडेनबासी नेपाली साथै नेपाल बाट अध्ययनका लागि आउनु भएका बिद्यार्थीहरुले दिनु भएको निवेदनको आधारमा हालसम्म जम्मा १४ जना पिडितलाई राहत सहयोग प्याकेज वितरण गरिसकिएको छ ।

राहत प्याकेजमा ५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ किलो नुन, एक प्याकेट बेसार तथा हात धुने साबुन छ जुन निशुल्क वितरण गरिएको हो । साथै स्टक होल्म भन्दा बाहिर बस्नु हुने र प्रत्यक्ष राहत लिन आउन असमर्थ हुने महानुभावको लागि राहत प्याकेज बराबरको रकम प्रति ब्यक्ति ३०० क्रोनर सम्बन्धित व्यक्तिको खातामा पठाई सहयोग गरिएको छ ।

स्वीडेन सरकारले लकडाउन गरेको छैन तर पनि सरकारी कार्यालय बाहेक सबैलाई यो कोरोना माहामारीले त्रसित बनाएकोले अधिकाँश उद्योगधन्दा ठप्प तथा र स्कुल कलेज बन्द भएका छन् । बाहिर काम गर्न जाने अवस्था नभएको र घरमै बस्नु पर्ने बाध्यता छ। सम्पूर्ण राहत वितरणमा लाग्ने खर्च यस आपतकालिन राहत कार्यक्रममा आबद्ध सदस्यहरुले ब्यहोर्नु भएको थियो।

सदस्यहरुमा एनआरएनए स्वीडेनका सस्थापक अध्यक्ष तथा जन सम्पर्क समिति स्वीडेनका सभापति नबिन थपलिया, एनआरएनए स्वीडेनका पूर्व अध्यक्ष चिरन्जिबी खरेल, एनआरएनए स्वीडेनका निबर्तमान अध्यक्ष तथा बर्तमान आइसिसी सदस्य अर्जुन कुमार श्रेष्ठ, एनआरएनए स्वीडेनका पुर्ब उपाध्यक्ष नबराज रेग्मी , एनआरएनए स्वीडेनका बर्तमान अध्यक्ष दिनेश कुमार श्रेष्ठ, एनआरएनए स्वीडेनका महासचिव राज कुमार पाठक, नेपाली एकता मंच स्वीडेनका संयोजक राम शरण ढकाल, नेपाली एकता मंच स्वीडेनका उपसंयोजक देब भट्टराई, जन सम्पर्क समिति स्वीडेनका महामन्त्री सुरेश कार्की रहनु भएको थियो। यस कमिटीलाई व्यक्तिगत तबरले सुबाश अधिकारीले आर्थिक रकम सहयोग गर्नु भएको थियो

कोभिड–१९ को यस महामारीको बेला यसरी एक भएर स्वीडेनमा रहनु भएका नेपालीहरुलाई यो आपतकालीन घडीमा सहयोग गर्न पाउदा सम्पूर्ण सदस्यहरुले खुसी ब्यक्त गर्दै आवश्यकता परेमा भबिस्यमा पनी यस कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्दता गर्दै राहत प्याकेज बितरण कार्य समापन भएको घोषणा गरेको छ।

स्वीडेनमा हालसम्म कोरोनको कारण ३६ हजार ६ सय जना संक्रमीत भएका छन् भने ४ हजार ३ सय ६५ को मृत्यु भएको छ ।


प्रकाशित | १७ जेष्ठ २०७७, शनिबार १६:३८