मिस नेपाल अनुष्का सोमबार नेपाल फीर्ता हुँदै

काठमाडौं: मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ सोमबार नेपाल फीर्ता हुँदै हुनुहुन्छ । ‘मिस वर्ल्ड प्रतियोगिता’ मा भाग लिन बेलायतमा रहनु भएको अनुष्का सोमबार नेपाल फीर्ता हुन लाग्नुभएको हो । मिस वल्र्डमा मल्टिमिडिया अवार्ड र ब्युटी विथ द पर्पोज विधा जित्नुभयो । अनुष्का प्रतियोगिताको उत्कृष्ठ १२ मा समेत पर्न सफल हुनुभएको हो । यस वर्ष विश्वका १११ मुलुकका सुन्दरीले प्रतिष्ठित सौन्दर्य प्रतियोगीतामा सहभागीता जनाएका थिए ।


प्रकाशित | ६ पुष २०७६, आईतवार १७:४५