भूकम्पले झस्काउन छाडेन: २०७२ सालको भूकम्पपछिको चार वर्षमा ४७ हजार ८१५ पराकम्प

काठमाडौं : विं सं. २०७२ सालमा गएको गोरखा भूकम्पको विहीबार चार वर्ष पूरा हुँदैछ । आज भन्दा चार वर्ष अघि आजैको दिन गोरखा जिल्लाको बारपाक केन्द्र बनाए गएको शक्तिशाली भूकम्पको त्रास अझै कायमै छ । बुधबार बिहान पनि पुनः भूकम्पले झस्काएको घटना ताजै छ । भूकम्पले त्यो बेला क्षती गरेका भौतीक संरचना अझै पुर्ननिर्मााण भइरहेका छन् । तर भूकम्प आउँन भने छाडेको छैन । त्यो बेलाको क्रासले अहिले पनि सर्वसाधारणलाई सताइरहेको छ । गएको एक महिना यता मात्र साना ठूला गरी मुलुकभर ९ वटा भूकम्पका झड्का महशुस गरियो ।

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाए अनुसार लम्जुङ्ग, दैलेख, दोलखा, रसुवा, बझाङ, गोरखा र घादिङ्गमा गरी ९ वटा भूकम्पका झड्का महशुस गरिएका हुन् । उक्त भूकम्पको तीव्रता न्यूनतम ३ देखि अधिकतम ५.२ रेक्टर स्केल रहेको जनाएको छ । बुधबार मात्र धादिङलाई केन्द्रविन्दु बनाएर तीन पटक भूकम्पको धक्का मशसुस गरिएको थियो ।

चार वर्ष बितिसक्दा पनि भूकम्पबाट क्षति भएका भौतिक संरचनाहरुको अझै पुनर्निर्माण हुन सकेको छैन । विगत चार वर्षमा चार रेक्टर स्केलभन्दा माथिका जम्मा ५२० वटा परकम्पन गएका छन्। सबै परकम्पनको सङ्ख्या भने ४५ हजारभन्दा बढी पुगेको छ।

ठूला भूकम्प गएपछि त्यसको आफ्नो क्षेत्रमा साना भूकम्प जाने गर्छन्। गोरखा भूकम्प गएपछि पराकम्पन आउने क्रम तीन गुणाले वृद्धि भएको छ। कुनै क्षेत्रमा ठूलो भूकम्प गएपछि त्यहाँ जम्मा भएको शक्तिलाई निस्क्रिय हुन्छ। फेरि त्यो शक्ति सञ्चय हुन लामो समय लाग्छ। हिमालय क्षेत्रमा आठ रेक्टर स्केल भन्दा ठूलो भूकम्प गयो भने त्यही आकारको अर्को ठूलो भूकम्प जान सात–आठ सय वर्ष लाग्छ। तर आठभन्दा सानो भूकम्प गयो भने चाहिँ कति वर्षमा ठेगान हुँदैन।


प्रकाशित | १२ बैशाख २०७६, बिहीबार ०६:५०