मुख्‍यमन्त्रीलाई तर्साउन रोल्पामा गराइयो बम विस्फोट

काठमाडौं: प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थलबाट केही किलोमिटर पर अज्ञात समूहले ‘बम’ विस्फोट गराएको छ । नेकपाको रोल्पा जिल्ला कमिटीको कार्यक्रममा सहभागी हुन लिवाङ पुग्नुभएको मुख्यमन्त्री शंकर पोखरेललाई तर्साउने उद्देश्यले कार्यक्रमस्थलबाट करिब ५ किलोमिटर पर अज्ञात समूहले बम विस्फोट गराएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी दीपक थापाका अनुसार कार्यक्रम शूरु भएको ५ मिनेटपछि विस्फोट गराइएको हो । लिवाङस्थित नेपाल उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम सुरु भएको ५ मिनेटपछि विस्फोटको आवाज आएपछि घटनास्थलमा सुरक्षाकर्मी पठाइएको डिएपी थापाले  बताउनुभयो । यता मुख्‍यमन्त्री पोखरेलका स्वकीय सचिव सरोज रेग्मीले बम बिस्फोट झुटो प्रचार र वाहियात हल्ला मात्र भएको भन्दै हल्लाको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ ।


प्रकाशित | १६ बैशाख २०७६, सोमबार १८:३७