अष्ट्रेलियाबाट रञ्जु वाग्ले थापाको एनआरएनए आइसिसी महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएन) को नवौ अन्तराष्ट्रिय महाधिबेशनमा अष्ट्रेलिया निवासी रञ्जु वाग्ले थापाले आइसिसी महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । अघिल्लो शेष घले नेतृत्वमा रहँदा प्रवक्ताको जिम्मेबारीमा रहनु भएको थापाले महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा विश्व सम्मेलन हुँदैछ । यसअघि लाप्राक नमुना बस्ती र एनआरएन भवन निर्माण साथै भिजन ट्वान्टी ट्वान्टी आफ्नो एजेण्डा पारित गर्न महत्वपूर्ण योगदान गर्नुभएको थापा लामो समयदेखि एनआरएनए अभियानमा हुनुहुन्छ ।

राष्ट्रिय समन्वय परिषद अष्ट्रेलियाको संस्थापक महिला उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएको थापाले महिला सशक्तिकरणमा विशेष पहल गर्नुको साथै विभिन्न देशमा महिला फोरम गठनमा समेत योगदान गर्नुभएको छ ।

दुई पटक अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत महिला उपसंयोजक बन्नुभएको थापाले कुरा भन्दा काम गरेर देखाउने खरो स्वभावको हुनुहुन्छ । थापा २०११–२०१३ मा एनआएनको महिला संयोजक र २०१३–२०१५ मा सचिवको जिम्मेवारी समेत निर्वाह गरिसक्नु भएको छ ।


प्रकाशित | २० भाद्र २०७६, शुक्रबार १०:२२