सिन्धुपाल्चोकको सुख्खा बन्दरगाहको निर्माणकार्य अन्तिम चरणमा

काठमाडौं : उत्तरी नाका तातोपानीलाई लक्षित गरी सिन्धुपाल्चोकको लार्चामा निर्माण थालिएको सुख्खा बन्दरगाहको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाल र चीनबीच हुने व्यापारलाई सहज गर्नका लागि बनाउन लागिएको सुख्खा बन्दरगाहको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सो बन्दरगाह निर्माण भएको हो । सामान्य फिनिसिङको कामबाहेक संरचना सबै तयार भइसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

समितिका अनुसार ९९ प्रतिशत काम पुरा भइसकेको छ । यसको परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, वाणिज्य मन्त्रालयका प्रतिनिधी, भन्सार विभागका महानिर्देशक, समितिका प्रतिनिधिले मंगलबार ड्राईपोर्टको निरीक्षण गरिसकेका छन् । समितिका अनुसार ड्राईपोर्ट तयार भए पनि नेपाल सरकारलाई औपचारिक रूपमा मे महिनामा हस्तान्तरण हुने छ । फर्निचर, नेटवर्किङ, विद्युत्को व्यवस्था भए पोर्ट सञ्चालन गर्न सकिने समितिका अधिकारीहरूको भनाइ छ । आगामी मे १ मा तातोपानी नाका खोल्ने योजनाका साथ धमाधम अहिले मितेरी पुल र सडक निर्माणको काम भइरहेको छ ।

करिव ९० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा दुईवटा भवन रहेका छन् । जुन दुई÷दुई तलाका छन् । एउटा मुख्य प्रशासनिक भवनको रूपमा प्रयोग हुने छ भने अर्को क्वार्टरका लागि प्रयोग हुने छ । प्रशासनिक भवनमा अध्यागमन, बैंक, भन्सारलगायतका कार्यालय रहने छन् । नाका सञ्चालनमा आएपछि तातोपानी भन्सार कार्यालयबाट हुँदै आएको काम यहीँबाट हुने छ । बन्दरगाहका लागि आवश्यक पर्ने गोदामघर, क्वारेन्टाइन, जाँचपास यार्डलगायतका सबै खालका संरचना निर्माण गरिएको समितिले जनाएको छ । यो खबर आजको काराबार दैनीकमा छ ।

आयात र निर्यातका लागि छुट्टाछुट्टै टर्मिनलहरू बनाइएको छ । करिव १ सय ६० ठूला र ३० वटा साना गाडी एकैपठक जाँच गर्न सकिन्छ । सय टनसम्म सामान बोकेको गाडी एकैपटक तौलिन सक्ने मेसिनसमेत राख्न लागिएको समितिले जानकारी दिएको छ । भोटेकोसीमा आएको बाढीले बन्दरगाह जानका लागि प्रयोग गरिने पुल बगाएर थप क्षति पुयाएको थियो । गत जेठमा पुन द्विपक्षीय सम्झौता भएर बन्दरगाह निर्माण थालिएको हो । चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी ९सिआरसीसी०ले निर्माणको काम गरिरहेको छ । चीन सरकारको १ अर्ब २० करोड रूपैयाँ लागतमा तयार पारिएको हो ।

बन्दरगाहलाई भोटेकोसी नदीले क्षति नपु(याओस् भनेर वरिपरि रिटेनिङ मेसिनरी वाल उठाइएको छ भने अरनिको राजमार्गबाट बन्दरगाह जान आउनका लागि पुलसमेत निर्माण गरिएको छ । द्विपक्षीय सम्झौता भएर २०६९ सालबाट निर्माण सुरु गरिएको थियो । बन्दरगाह निर्माण गरिएका संरचनाले एउटा आकार लिइसकेको थियो । ८० प्रतिशत निर्माण सकिएको बन्दरगाहमा २०७२ साल वैशाख १२ मा आएको विनाशकारी भूकम्पले क्षति पुर्याएको थियो । त्यसपछि बन्दरगाहको काम पूर्णरूपमा रोकिएको थियो ।


प्रकाशित | २९ चैत्र २०७५, शुक्रबार १०:४०