कागेश्वरी मनोहरा नगर स्तरीय तेक्वान्दो प्रतियोगिता शनिवार हुने

मेयर कार्कीले उद्घाटन गर्ने

काठमाडौँ:  थली तेक्वान्दो डोजाङले कागेश्वरी मनोहरा नगर स्तरिय तेक्वान्दो प्रतियोगिता माघ २८ मा आयोजना गर्ने भएको छ ।

तेक्वान्दो खेलको विकास गर्ने उदेश्यले कागेश्वरी मनोहरा नगरपालिकामा प्रशिक्षण गरिरहेका तेक्वान्दो खेलाडीहरुलाई राष्ट्रीय तथा अन्तराष्ट्रीय स्तरामा उत्पादन गर्ने र खेलाडीहरूका वृति विकास गर्ने उद्देश्यले कागेश्वरी मनोहरा नगर स्तरीय तेक्वान्दो प्रतियोगिता ओयोजना गर्न लागिएको प्रमुख प्रशिक्षक युमा शंकर लामाले जानकारी दिनुभयो ।

बिभिन्न तौल समुहमा गराइने प्रतियोगितामा पुरुष तौल समुहमा २० देखि ५५ के.जी तौल सम्म र महिता तर्फ १८ देखि ५५ के.जी तौल सम्मका सहभागि हुनेछन् । प्रतियोगिता कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीको प्रमुख प्रमुख आतिथ्यतामा हुनेछ ।


प्रकाशित | २६ माघ २०७९, बिहीबार १८:२२