सुन तस्करको रुट विमानस्थलबाट मोडिर्दै चीनको नाकातर्फ

काठमाडौं: सुन तस्कहरुले रुट परिवर्तन गर्दै चीनको नाकातर्फ केन्द्रित गर्न थालेका छन् । सरकारले विमानस्थलमा कडाई गर्न थालेपछि तस्कहरुको रुट परिवर्तन भएको पाइएको हो । अहिले तस्करहरुले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउन कमी गरेको भए पनि चीनतर्फको नाका हुँदै ल्याउने क्रम भने रोकिएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मात्रै सुन तस्करीको सबै बाटाहरु बन्द गरेको बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले भन्नुभएको थियो, ‘अब सुनको तस्करी चल्दैन, जिल्ला जिल्लामा जमिनमुनि गाडेको पनि खोतलेर निकालिन्छ’ । प्रधानमन्त्री ओलीले सोमबार सो अभिब्यक्ती दिनुभएको थियो । प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा सुन तस्कर नियन्त्रणमा आएको सूचना पाएपछि सो कुरा बताउनुभएको थियो । तर सुत तस्करुले रुट परिवर्तन गर्न थालेको रसुवागढी नाकाबाट सुन पक्राउ गरेसँगै स्पष्ट देखिएको छ ।

आज रसुवागढी नाका हुँदै अवैध रूपमा ल्याइएको ७ केजी सुन बरामद भएको हो । चीनको केरुङबाट स्याउ बोकेर नेपाल आएको कन्टेनरबाट सुन बरामद गरिएको हो । ना ६ ख ९०६८ नम्बरको कन्टेनरको क्याबिनमा लुकाएर ल्याएको विशेष सुराकीको आधारमा सुन बरामद गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भन्डारीले बताउनुभयो ।

सुन नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले जिल्लाको गोसाईकुण्ड गाउँपालिका २ टिमुरे स्थित घट्टेखोलाबाट अपराह्न ४ बजे बरामद गरेको हो । सुनसहित चालक नौकुण्ड गाउँपालिकाका १ का ग्याल्बो घलेलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । अवैध सुन ओसारपसारमा अन्य व्यक्तिहरु पनि संलग्न हुन सक्ने हुदाँ अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।


प्रकाशित | १० बैशाख २०७६, मंगलवार १९:१०