जापानको शिनओकुवोमा जेएमईको छैठौ नयाँ शाखा खुल्दै

टोकियो : जापानको शिनओकुवोमा जापान मनि एक्सप्रेस(जेएमई ) को नयाँ शाखा खुल्ने भएको छ । हामी बाटै पठाऔं हामी बाटै पाऔं भन्ने मूल नाराका साथ जापान मनी एक्सप्रेस कम्पनी लिमिटेड (जेएमई ) ले जापानको शिनओकुबोमा नयाँ शाखा विस्तार गर्न लागेको हो । जापान सरकारको सम्बन्धीत निकायमा दर्ता भई नेपालमा पहिलो रेमिट कम्पनीका रुपमा दर्ता भएको जेएमइ कम्पनीले छैठौ शाखाको रुपमा विस्तार गर्न लागेको हो ।

जापान मनि एक्सप्रेस(जेएमई ) का अध्यक्ष ओम गुरुङका अनुसार यही १५ डिसेम्बरका दिन सो नयाँ शाखाको समुद्घाटन गरिन लागिएको हो । जेएमईले छोटो समयमा नेपाल लगायत संसारका विभिन्न देशमा राम्रो विप्रेषण सेवा उपलब्ध गराउँदै आएको छ । अहिलेसम्म संसारभर पाँच वटा शाखामार्फत सेवा प्रवाह गर्दै आएको जेएमईले छैठौ शाखाको रुपमा शिनओकुबोमा नयाँ शाखा विस्तार गरिन लागिएको अध्यक्ष गुरुङले जानकारी गराउनुभयो ।

शिनओकुबोमा विदेशीहरुको मुटु मानीन्छ । जेएमईले निकट भविष्यमा २० वटा देशमा नयाँ शाखा विस्तार गर्ने उद्देश्य राखेको जनाएको छ । जेएमईको अहिलेसम्म नेपाल, भारत, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, भियतनाम, श्रीलंकालगायत देशमा मनि एक्सप्रेसमार्फत सेवा प्रवाह हुँदै आएको छ ।


प्रकाशित | २६ मंसिर २०७६, बिहीबार १७:२५