नापोली घरेलु मैदानमै स्तब्ध

एजेन्सी : इटालियन सिरी ‘ए’ फुटबलमा नापोली घरेलु मैदानमा पराजित भएको छ । शनिबार राति भएको खेलमा नापोली पर्मासँग २-१ गोल अन्तरले पराजित भएको हो ।

नापोलीको मैदानमा चौंथो मिनेटमा डिजन कुलुसेभास्कीले गोल गर्दै पर्मालाई अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा इरिक मिलिकले गोल गर्दै नापोलीलाई खेलमा फर्काए । तर, खेलको इन्जुरी समयमा गेर्भिन्होले गोल गर्दै पर्मालाई २-१ को जित दिलाए ।

जितसँगै पर्मा लिगको सातौं स्थानमा उक्लिएको छ । पर्माले १६ खेलमा २४ अंक जोडेको छ । नापोली २१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।


प्रकाशित | २९ मंसिर २०७६, आईतवार १०:३३