एमसीसीविरुद्ध नारायणकाजी श्रेष्ठ सडकमा

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एमसीसीविरुद्ध सडकमा उत्रिनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएपछि अहिले नयाँबानेश्वरमा भइरहेको विरोध प्रदर्शनमा नेता श्रेष्ठ पनि सहभागी हुनुभएको हो ।

माओवादीनिकट भ्रातृसंगठनसहितले बानेश्वरमा गरिरहेको विरोध प्रदर्शनमा नेता श्रेष्ठ सहभागी हुनुभएको हो । माओवादीले संशोधनपछि मात्र एमसीसी अनुमोदन गर्नुपर्ने जनाएको छ ।


प्रकाशित | ४ फाल्गुन २०७८, बुधबार १६:३१