हावाहुरी प्रभावीतलाई एनआरएन बेल्जियमको १ लाख ५० हजार सहयोग घोषणा

बेल्जियम : गैर आवासीय नेपाली संघ (एनआरएनए ) बेल्जियमले हावाहुरी प्रभावीतको लागि १ लाख ५० हजार रुपैयाँ राहतस्वस्प सहयोग घोषणा गरेको छ । एनआरएन बेल्जियम अध्यक्ष लोक प्रसाद दाहाले एक बिज्ञप्ति जारी गर्दै सो सहयोगको घोषणा गर्नुभयो ।

एनआरएनबाट सहयोग घोषणासँगै विभिन्न क्षेत्रबाट सहयोग संकलन अभियान शूरु गरिएको हो । विभिन्न संघसंस्था तथा ब्यक्तीहरुबाट सहयोग उठ्ने क्रम जारी रहेको र लगभग ८ लाखको हाराहारीमा सहयोग उठाउने लक्ष्य लिइएको अध्यक्ष दाहालले बताउनुभयो ।

बिज्ञप्तिमा भनीएको छ,  ‘हिजो नेपालमा दैवी प्रकोपबाट निकै ठुलो मानवीय क्ष्यती भएकोले आपत्कालीन सहयोगको लागी एनआरएन बेल्जियमले रू १ लाख ५० हजारको सहयोग गर्दै बेल्जियम स्थित सम्पूर्ण संघ संस्थाहरू सँगे सहयोगको आवहान गर्दछौ । सहयोग एनआरएन बेल्जियमले बेल्जियम कै नामबाट बितरण गरिने छ ।’ आइतबार बारा र पर्सामा आएको हावाहुरीका कारण दर्जनौको मृत्यु र सयौको घाइते हुनुको साथै हजारौको संख्यामा सर्वसाधारण पीडित बनेका छन् । अध्यक्ष दाहालले  सबैमा सहयोगको लागि आह्रवान समेत गर्नुभएको छ ।


प्रकाशित | १८ चैत्र २०७५, सोमबार २२:२४