एनआरएनए एसिया प्याशिफिक उपसंयोजकमा दिपक कँडेलको उम्मेदवारी दर्ता

काठमाडौं : गैर आवासीय नेपाली संघको आगामी कार्यकालको निर्वाचनमा जापान निवासी दिपक कँडेलले एसिया प्याशिफिक उपसंयोजकमा उम्मेदवारी दर्ता गर्नु भएको छ । हाल उपसंयोजक नै रहनु भएको कँडेलले पुन सोही पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो ।

कंडेल गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानमा सन् २०१५ मा सदस्यका रूपमा आएर दुई कार्यकाल सदस्य २०१९ २१ मा एसिया प्यासिफिक क्षेत्रीय समितिको युवा संयोजक र हाल सोहि समितिको उप संयोजकमा रहेर काम गरिरहनु भएको छ ।

जापानमा क्रियाशील बहुकोट समाज जापानको वरिष्ठ उपाध्यक्ष समेत रहनु भएको युवा व्यावसायी कंडेल सामाजीक कार्यमा सक्रिय हुनुहुन्छ । एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आउनु भएको कंडेल सरल र मिजासिलो स्वभावका रुपमा समेत चिनीनुहुन्छ ।

एनआरएनएमा तहगत समन्वयात्मक सहकार्यसहित युवा सहभागिता, सबैको अपनत्व भएको प्रविधि मैत्री, दोश्रो पुस्ता समावेश एनआरएनए आजको आवश्यकतालाई कार्यान्वयन गर्नका लागि स्पष्ट योजना र कार्यक्रमसहित उपसंयोजक पदमा उम्मेदवारी दिएको बताउने कंडेलले विगतमा आफुले पाएको जिम्मेवारी सफलता साथ पुरा गरेकोले एसिया प्यासिफिकका डेलिगेट्सहरूले भरोसाका साथ मत दिनेमा विश्वस्त हुनुहुन्छ ।


प्रकाशित | २८ आश्विन २०८०, आईतवार २१:४७