लक्ष्मी बैंकको १२० औं शाखा काँकडभिट्टामा

काठमाडौं: लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १२० औं शाखा झापाको काँकडभिट्टामा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको जनाएको छ ।

यो नयाँशाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १ सय २० शाखा, २ एक्सटेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १ सय ४५ एटीएम, २ हजार ५ सयभन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ ।


प्रकाशित | २४ मंसिर २०७६, मंगलवार ११:३६