अल्डरसट युथ नेप्लीज कम्युनिटीको बृहत्त भेला

अल्डरसट : बेलायतको अल्डरसट युथ नेप्लीज कम्युनिटीले अल्टरसटमा रहेको नेपालीहरुको वृहत्त भेटभाट तथा भेला आयोजना गरेको छ । विशेष गरि अल्डरसटमा बसोबास गर्ने नेपाली युवाहरुलाई सही बाटोमा हिडाउने उद्देश्यका साथ भेला आयोजना गरिएको हो । कार्यक्रममा सय जना हाराहारीमा सहभागिता रहेको हो । सोही अवसरमा अल्डरसटमा नयाँ आउने नेपालीहरुलाई स्वागत तथा सम्मान समेत गरियो । साथै नेपालका चर्चीत कलाकार प्रिती आले र पवन राणमगरलाई सम्मान गरिएको थियो ।

कार्यक्रमममा प्रमुख अतिथिको रुपमा यूके बडी बिल्लिङ फेडरेसनका निवर्तमान अध्यक्ष किशोर गुरुङ, आतिथीका रुपमा फिल्म डाईरेक्टर तथा प्रोडुसर गोरे गुरुङ, एनआरएन यूकेका युवा संयोजक लाल बहादुर गुरुङ (एलबीजेट), तमु धी यूकेको युवा संयोजक तथा कार्यक्रम संयोजक  राजेन्द्र गुरुङ,  सुवास गुरुङ,  नेपाल राईलगायतको  सहभागिता थियो । सो अवसरमा कार्यक्रममा बोल्दै वक्ताहरुले अल्टरसटमा बसोबास गर्ने नेपाली युवाहरुलाई सही बाटो हिडाउन भूमिका खेल्नुपर्ने, लागूऔषध तथा दुब्यसनीबाट बचाउनुपर्नेमा जोड दिनुभएको थियो ।

गोरखाली समाज यूकेको उपाध्यक्ष तथा समाजसेवी हेम गुरुङले कार्यक्रम सञ्चालन गर्दै कार्यक्रममा ब्यस्थताको बाबजुत पनि समय मिलाएर कार्यक्रममा बाक्लो सहभागिता रहेको भन्दै सबैमा धन्यवाद  ज्ञापन गर्नुभयो । गिरी गुरुङले कार्यक्रममा सहभागिलाई स्वागत गर्दै युथ नेप्लिज कम्युनिटीले नेपाली युवालाई सही बाटोमा हिडाउने कार्य गर्दै आएको बताउनुभएको थियो । अन्तमा कार्यक्रम संयोजक राजेन्द्र गुरुङले आगामी दसैमा सबैसँग भेट्ने वाचा गर्नुभयो ।


प्रकाशित | ३ असार २०७६, मंगलवार १७:१९