बार्सिलोना र चेल्सीको मैत्रीपूर्ण खेल हुँदै

प्रि–सिजनअन्तर्गत आज युरोपका दुई शीर्ष टिम जापानमा राकुटेन कपमा मैत्रीपूर्ण खेल खेल्दैछन् ।  बार्सिलोनाका लागि यो प्रि–सिजनको पहिलो खेल हो भने चेल्सीले यसअघि आफ्ना केही खेल खेलिसकेको छ ।

राकुटेन कपमा बार्सिलोना र चेल्सीसहित जापानी क्लब भिसेल कोबे खेल्नेछन् । बार्सिलोना र चेल्सी दुवै यो कप जितेर नयाँ सिजनको स्वागत गर्ने दाउमा छन् । चेल्सीले यसअघि खेलेका तीन खेलमा एक खेल जितेर एक खेल हारेको छ भने एक खेल बराबरी गरेको छ ।

मेस्सी, लुइस स्वारेज, अर्टुरो भिडाल,अर्थुरलागयत खेलाडी हुने छैनन भने टोलीमा नयाँ खेलाडी फ्रेन्की डे जोङ र एन्टोनी ग्रीजम्यानले डेब्यु गर्दैछन् ।जापानको साइतामा रंगशालामा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेबाट सुरु हुनेछ ।

 


प्रकाशित | ७ श्रावण २०७६, मंगलवार १५:१८